१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

२५ बैंकको विवरण सार्वजनिक नाफा घट्यो

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

न्यूजमधेश डेस्क
काठमाडौँ,३० श्रावण । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो ।

अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्थाको अवस्थासमेत कोरोनाका कारण समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६÷७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरुले आज सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आव ०७६÷७७ मा कूल रु ५१ अर्ब १७ करोड बराबरको नाफा गरेका छन् । अघिल्लो आवमा रु ५७ अर्ब ४४ करोड नाफा गरेका थिए ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरण अनुसार बैंकको नाफा रु छ अर्ब २७ करोडले घटेको हो । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कूल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

आव ०७६÷७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । सो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको नाफा ३३.२२, कुमारी बैंकको ०।३१ प्रतिशत छ । विवरणअनुसार माछापुच्छ्रे २६.२२, सानिमाको २४.५६, सिटिजन्स बैंकको २३.७२, नेपाल इन्भेष्टमेन्टको २२.६३, बैंक अफ काठमाडौँको २२.२१ र नेपाल बङ्गलादेश बैंकको नाफा २०।७५ प्रतिशतले घटेको छ ।

यस्तै, स्ट्यान्डर्ड च्यार्टर्ड बैंकको १८.५१, सनराइजको १८.३५, एभरेष्टको १८.१४, नबिलको १५.८५ र राष्ट्रिय वाणिज्य बैंकको ११.७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८.२६, हिमालयनको आठ, नेपाल बैंकको १.५५ र कुमारी बैंकको ०.३१ प्रतिशतले नाफा घटेको छ ।

त्यसैगरी सेञ्चुरी बैंकले ३३.९७, ग्लोबल आइएमईले ११, एनसिसीले १०.७४, प्राइमले ४.२७, एनआइसी एसियाले ३.२४ र एनएमबी बैंकले ०.५९ प्रतिशत मात्रै नाफा गरेको आज प्रकाशित विवरणमा समावेश छ ।

राष्ट्रिय वाणिज्य बैंकले रु चार अर्ब ४५ करोड नाफा आर्जन गरेको छ । सिभिल बैंकले रु ४५ करोड ७० लाख नाफा आर्जन गरेको छ । नबिल बैंकले रु तीन अर्ब ५६ करोड, एनआइसी एसिया बैंकले रु तीन अर्ब १२ करोड नाफा कमाएको छ ।

गत वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले रु तीन अर्ब आठ करोड कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले रु दुई अर्ब ५७ करोड नाफा कमाएको छ । हिमालयन बैंकले रु दुई अर्ब ५४ करोड नाफा गरेको छ । माछापुच्छ्रे बैंकले रु एक अर्ब २५ करोड, सानिमा बैंकले रु एक अर्ब ७० करोड नाफा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]