१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

२५ बैंकको विवरण सार्वजनिक नाफा घट्यो

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

न्यूजमधेश डेस्क
काठमाडौँ,३० श्रावण । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो ।

अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्थाको अवस्थासमेत कोरोनाका कारण समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६÷७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरुले आज सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आव ०७६÷७७ मा कूल रु ५१ अर्ब १७ करोड बराबरको नाफा गरेका छन् । अघिल्लो आवमा रु ५७ अर्ब ४४ करोड नाफा गरेका थिए ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरण अनुसार बैंकको नाफा रु छ अर्ब २७ करोडले घटेको हो । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कूल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

आव ०७६÷७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । सो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको नाफा ३३.२२, कुमारी बैंकको ०।३१ प्रतिशत छ । विवरणअनुसार माछापुच्छ्रे २६.२२, सानिमाको २४.५६, सिटिजन्स बैंकको २३.७२, नेपाल इन्भेष्टमेन्टको २२.६३, बैंक अफ काठमाडौँको २२.२१ र नेपाल बङ्गलादेश बैंकको नाफा २०।७५ प्रतिशतले घटेको छ ।

यस्तै, स्ट्यान्डर्ड च्यार्टर्ड बैंकको १८.५१, सनराइजको १८.३५, एभरेष्टको १८.१४, नबिलको १५.८५ र राष्ट्रिय वाणिज्य बैंकको ११.७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८.२६, हिमालयनको आठ, नेपाल बैंकको १.५५ र कुमारी बैंकको ०.३१ प्रतिशतले नाफा घटेको छ ।

त्यसैगरी सेञ्चुरी बैंकले ३३.९७, ग्लोबल आइएमईले ११, एनसिसीले १०.७४, प्राइमले ४.२७, एनआइसी एसियाले ३.२४ र एनएमबी बैंकले ०.५९ प्रतिशत मात्रै नाफा गरेको आज प्रकाशित विवरणमा समावेश छ ।

राष्ट्रिय वाणिज्य बैंकले रु चार अर्ब ४५ करोड नाफा आर्जन गरेको छ । सिभिल बैंकले रु ४५ करोड ७० लाख नाफा आर्जन गरेको छ । नबिल बैंकले रु तीन अर्ब ५६ करोड, एनआइसी एसिया बैंकले रु तीन अर्ब १२ करोड नाफा कमाएको छ ।

गत वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले रु तीन अर्ब आठ करोड कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले रु दुई अर्ब ५७ करोड नाफा कमाएको छ । हिमालयन बैंकले रु दुई अर्ब ५४ करोड नाफा गरेको छ । माछापुच्छ्रे बैंकले रु एक अर्ब २५ करोड, सानिमा बैंकले रु एक अर्ब ७० करोड नाफा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]