२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं,३१ श्रावण ।भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय समकक्षी मोदी र त्यहाँका जनतालाई शुभकामना दिएका हुन्।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन्।

‘भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

१५ अगस्ट अर्थात आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो। त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]