२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

आज भारतको ७४औँ स्वतन्त्रता दिवस, मोदीले गरे सेनाको प्रशंसा

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश डेस्क
काठमाडौँ,३२ श्रावण । आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन ।

ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आइए पनि यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरेर कार्यक्रम राखिएको थियो ।

भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाको प्रशंसा गरेका छन् ।

मोदीले आफूहरुका लागि भारतको सम्प्रभूताको सम्मान सर्वोच्च रहेको र त्यसका लागि सुरक्षाकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

सेनाले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘देशका लागि हाम्रा वीर जवानहरुले के गर्न सक्छन् भन्ने कुरा विश्वले लद्दाखमा देखिसक्यो ।’

लद्दाखमा भारत र चीनबीच पछिल्लो समय सीमालाई लिएर विवाद भइरहेको छ । उनले भनेका छन्, ‘हाम्रा छिमेकी भौगोलिक सीमा मिल्नेहरु मात्रै होइनन्, जोसँग मन मिल्छ उनीहरु पनि छिमेकी हुन्।’

सम्बोधनअघि उनी लालकिल्लास्थित इन्डिया गेटमा पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । उनलाई लालकिल्लामा आयोजित एक समारोहमा भारतीय उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गरेका थिए । उनलाई त्यस क्रममा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । उनलाई सेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएपछि डायसमा पुगेर बसेका थिए । त्यस क्रममा भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने सम्मान स्वरुपका विविध कार्यक्रमहरु हेरेका थिए ।

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]