३० माघ २०८१, बिहिबार
13-02-2025 , Thu
×

दलित समाज कल्याण संघ तथा मनकामना ड्राईभिङ्ग सेन्टर लाहानद्वारा दलितलाई नि:शुल्क ड्राईभिङ्ग तालिम

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

मनोज बनैता
सिरहा, ३१ श्रावण । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा मनकामना ड्राईभिङ्ग सेन्टर लाहानको सहयोग तथा संयोजनमा दलित समुदायका ५ जनालाई निशुल्क ड्राईभिङ्ग तालिम दिएको छ ।

स्वरोजगारलाई बढावा दिने लक्ष्यको साथ शुरु गरिएको उक्त शिप मुलक तालिममा ईटहर्वा ५ का संजीव सदाय, सखुवानन्कारकट्टी ५ का जित नारायण पासवान, ईटहर्वा २ का बद्री नारायण पासवान, ईटहर्वा ६ का राजाराम पासवान र ईटहर्वा २का योगेन्द्र कुमार पासवान रहेका छन ।

उक्त शिपमुलक तालिमका सहभागीहरुले वैदेशिक रोजगारीलाई चुनौती दिन आफुहरुले ड्राईभिङ्ग सिकेको भन्दै सहयोगी हाथहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन । ड्राईभिङ्ग सीप सिकेर आत्मनिर्भरता तथा स्वरोजगारको अवसर प्राप्त हुने मनकामना ड्राईभिङ्ग सेन्टरका संचालक दिलिप दासले जनाए । असारमा शुरुभएको एक महिने तालिम श्रावण २६ गते सम्पन्न भएको जानकारी पनि दासले दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]