२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

अब रौतहटमा पनि पिसिआर मेसिन संचालन हुने

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट ,३१ श्रावन। रौतहटको समुदायमा कोरोना संक्रमितको संख्या बढ्न थालेपपछि विशेष सुबिधाका लागि जिल्लामै पिसिआर मेसिन संचालन हुने र प्रत्येक स्थानीयतहमा कम्तीमा १ सय बेडको क्वारेन्टिन बनाउने निर्णय गरीएको छ ।

संक्रमितको सम्पर्कमा आएकाहरुको संख्या बढ्दै गएको अवस्थामा संकलन हुने थ्रोट स्वाबको परिक्षणका लागि जिल्ला अस्पताल गौरमा केहीसमय भित्रै पिसिआर मेसिन संचालन हुन लागेको हो ।

प्रदेश २ सरकारको सामाजिक मन्त्रालयबाट पिसिआर मेसिन उपलब्ध गराउने निर्णय भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताएका छन् ।

यसैबीच सिडियो यादवको अध्यक्षतामा शुुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकबाट पिसिआर मेसिन ब्यवस्थित गर्न तथा आईसोलेसन निर्माणसम्बन्धी विभिन्न निर्णय गरेको छ ।

जिल्लाको समुुदायमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले १८ वटै स्थानीय तहले कम्तीमा १ सय वेड क्षमताको क्वारेन्टिन तत्काल संचालनमा ल्याउने बैठकले निर्णय गरेको छ ।

भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको समन्वयमा सम्बन्धित स्थानीय तहले अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

जिल्ला अस्पतालमा गौरमा पिसिआर मेसिन ब्यवस्थापन तथा जिल्ला भित्र आइसोलेसन संचालनका लागि प्रत्येक स्थानीय तहले ५ लाख रुपैयाको दरले गौर अस्पताल विकास समितिको खातामा रकम उपलब्ध गराउने निर्णय गरिएको सिडियो ईन्द्रदेव यादवले जानकारी दिएका छन् ।

कोभिड–१९ को लक्षण देखा परि संकास्पद व्यक्तीको मृत्यु भएमा मृतकको अनिवार्य कोभिड–१९ परीक्षण गरि रिपोर्ट प्राप्त भए पछाडि मात्र शव व्यवस्थापन गर्ने निर्णय भएको छ ।

पिसिआर मेसिन व्यवस्थापनका लागि कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा बौधिमाई नगरपालिकाका नगर प्रमुख राजिवरंजन यादव राजदेवी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिंह गौर अस्पताल विकास समितिको अध्यक्ष शेख जमसैद जिल्ला अस्पतालका प्रमुख डा.कृष्णा साहको सहभागितामा समिति गठन भएको छ ।

त्यसैगरी आइसोलेसन सेन्टरको व्यवस्थापनका लागि देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साह
वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादव डा.कृष्णा साह,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकेश कुमार चौरसियाको सहभागितामा समिति गठन भएको बैठकमा सहभागी कटहरियाका मेयर सियाराम कुश्वाहाले बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन कोषमा हाल मौज्जदात रहेको १७ करोड मध्येबाट कोभिड–१९ रोकथाम, नियन्त्रण तथा समग्र व्यवस्थापनमा खर्च गर्ने अनुमतिका लागि श्री गृह मन्त्रालयसँग अनुरोध गर्ने समेत बैठक बाट निर्णय गरीएको छ ।

त्यसैगरी जिल्लामा कृषकहरुको माग अनुसार मलखाद आपूर्ति गर्न सम्बन्धित निकायहरुमा अनुरोध गर्ने,लालबकैया तथा बागमती नदी नियन्त्रण आयोजनाको कार्यालय बारा परवानीपुर बाट गौरमा स्थानान्तरण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने समेत सुरक्षा समितिको बैठकले निर्णय गरेको प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिएका छन् ।

बैठकमा सिडिओ ईन्द्रदेव यादवका साथै जिल्ला प्रहरीप्रमुख एसपी रबीराज खडका,सशस्त्रका एसपी सुर्यसेन ओली,राष्ट्यि अनुसंधानका एसपी अभिनयकुमार सिंह,नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँड र जिल्लाका अधिकाशं स्थानीयतहका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]