न्यूजमधेश सम्बादाता
इनरुवा,३१ श्रावण । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा  नम्बर ७ का एक युवकको हत्या भएको छ। बिहीबारदेखि हराइरहेका २१ वर्षीय गुनराज यादव शव आज फेला परेको हो।

बिहीबारै धारिलो हतियार प्रयोग गरी यादवको हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको र आज शव बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवलाई हत्या गरेर हातखुट्टा डोरीले बाँधेर बोराभित्र ढुङ्गा राखेर शव फ्याँकेको पाइएको छ।

उनको शव इनरुवा र भोक्राहा नरिसंह गाउँपालिका(५ को सीमानामा फेला परेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेको पनि शर्माले बताए।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh