०७ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

क्रिकेट खेलबाट सन्यास लिने क्रिकेटर धोनीको घोषणा

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ श्रावण। भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्।

पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।

भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्।

उनले लेखेका छन्, धन्यवाद, माया र समर्थनका लागि सबैलाई धन्यवाद । मैले १९:२४ बजेदेखि सन्यासको लिएको छु।

पछिल्लोपटक उनले इङ्ग्ल्यान्डमा भएको आईसीसी विश्वकप खेलेका थिए। सन् २०१९ पछि उनी टोलीमा परेका छैनन् ।

कुनै समय टोलीलाई विश्वकप उपाधि दिलाएका पूर्वकप्तानको प्रदर्शनलाई लिएर विवाद हुँदै आएको थियो ।

३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

भारतका लेजेण्ड क्रिकेटर धोनीले सबै फर्म्याटमा भारतका लागि ३३२ खेल खेलेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]