२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

संचारकर्मीलाई कुटने प्रहरीमाथि कारवाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ श्रावण । संचारकर्मी सन्तोष यादब र सिबेन्द्र रोहितामाथि प्रहरीले कुटपिट गरेको प्रहरीमाथि कारबाहीको माग गर्दै युवाहरुले जनकपुरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा उत्रेका युवाहरुले पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, गुण्डागर्दी चल्दैन, सिडिओ र एसपी मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शन रोक्न ठूलो संख्यामा प्रहरी परिचालन भएका थिए । तरपनि युवाहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै दोषी प्रहरीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

शुक्रवार राति जनकपुरस्थित नव जीवन अस्पतालमा मृत्यू भएका एक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृतकका आफ्न्तमाथि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा पत्रकारद्धय यादब र रोहिताले फोटो खिच्न लाग्दा प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

सो प्रदर्शनमा यूवाहरु राकेश विक्रम साह, संजिव यादब, शैलेन्द्र चोरबार, इन्जिनियर दिपक यादब, गौतम यादब, पत्रकार सुरेन्द्र यादब, निसान्त यादब, रुपेश यादब, पत्रकार किशोर मण्डल लगायतको सहभागीता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]