१९ पुष २०८२, आइतबार
04-01-2026 , Sun
×

संचारकर्मीलाई कुटने प्रहरीमाथि कारवाहीको माग गर्दै जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ श्रावण । संचारकर्मी सन्तोष यादब र सिबेन्द्र रोहितामाथि प्रहरीले कुटपिट गरेको प्रहरीमाथि कारबाहीको माग गर्दै युवाहरुले जनकपुरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा उत्रेका युवाहरुले पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, गुण्डागर्दी चल्दैन, सिडिओ र एसपी मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शन रोक्न ठूलो संख्यामा प्रहरी परिचालन भएका थिए । तरपनि युवाहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै दोषी प्रहरीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

शुक्रवार राति जनकपुरस्थित नव जीवन अस्पतालमा मृत्यू भएका एक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृतकका आफ्न्तमाथि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा पत्रकारद्धय यादब र रोहिताले फोटो खिच्न लाग्दा प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

सो प्रदर्शनमा यूवाहरु राकेश विक्रम साह, संजिव यादब, शैलेन्द्र चोरबार, इन्जिनियर दिपक यादब, गौतम यादब, पत्रकार सुरेन्द्र यादब, निसान्त यादब, रुपेश यादब, पत्रकार किशोर मण्डल लगायतको सहभागीता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]