१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

राजापुर बाढीको उच्च जोखिममा

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश सम्बादाता
बाँके,३१ श्रावण । लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ ।

कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान गरी बोरामा माटो भर्दै जोखिम क्षेत्रमा फाल्न थालेका छन् ।

कर्णाली नदीमा पानीको सतह बढेर नौ मिटर पुगेको छ । यहाँ १० मिटर पानीको सतह पुगेमा उच्च खतरा हुन्छ । नदी कटान रोक्नका लागि स्थानीयवासीले बोरामा माटो भर्ने, तारजालीमा ढुङ्गा भर्ने, ड्याम बनाउने कार्य विगत एक हप्तादेखि गर्दै आएका छन् । राजापुर नगरपालिका बाढीको उच्च जोखिममा देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आज राजापुरमा बसेको छ । बैठकले जोखिम न्यूनीकरणका सम्पूर्ण उपाय अबलम्वन गर्ने निर्णय गरेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले जानकारी दिनुभयो ।

तिघ्रामा कटानले राजापुर बजारलगायत आसपासका दर्जनौं गाउँ डुबानको जोखिममा रहेको बताउँदै उहाँले यस क्षेत्रका बासिन्दालाई अहिले सुरक्षित स्थानमा बस्न आह्वान गरिएको छ भन्नुभयो । जोखिममा रहेका धेरैजसो बासिन्दा खाद्यान्न, लत्ता कपडा र लालाबालासहित राजापुरस्थित खाद्य संस्थानको भवनमा सर्ने काम भइरहेको बताइएको छ ।

स्थानीय प्रशासनले कर्णाली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बाढी पूर्व सुरक्षाको सबै तयारी गरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]