१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

राजापुर बाढीको उच्च जोखिममा

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश सम्बादाता
बाँके,३१ श्रावण । लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ ।

कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान गरी बोरामा माटो भर्दै जोखिम क्षेत्रमा फाल्न थालेका छन् ।

कर्णाली नदीमा पानीको सतह बढेर नौ मिटर पुगेको छ । यहाँ १० मिटर पानीको सतह पुगेमा उच्च खतरा हुन्छ । नदी कटान रोक्नका लागि स्थानीयवासीले बोरामा माटो भर्ने, तारजालीमा ढुङ्गा भर्ने, ड्याम बनाउने कार्य विगत एक हप्तादेखि गर्दै आएका छन् । राजापुर नगरपालिका बाढीको उच्च जोखिममा देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आज राजापुरमा बसेको छ । बैठकले जोखिम न्यूनीकरणका सम्पूर्ण उपाय अबलम्वन गर्ने निर्णय गरेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले जानकारी दिनुभयो ।

तिघ्रामा कटानले राजापुर बजारलगायत आसपासका दर्जनौं गाउँ डुबानको जोखिममा रहेको बताउँदै उहाँले यस क्षेत्रका बासिन्दालाई अहिले सुरक्षित स्थानमा बस्न आह्वान गरिएको छ भन्नुभयो । जोखिममा रहेका धेरैजसो बासिन्दा खाद्यान्न, लत्ता कपडा र लालाबालासहित राजापुरस्थित खाद्य संस्थानको भवनमा सर्ने काम भइरहेको बताइएको छ ।

स्थानीय प्रशासनले कर्णाली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बाढी पूर्व सुरक्षाको सबै तयारी गरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]