२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

धनुषामा थप एक साताको लागि लकडाउन

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३२ श्रावण । जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउनका लागि स्थानीय प्रशासन ऐन दफा २०२८ ६९३० अनुसार सो आदेश जारी गरिएको हो । लकडाउनको अवधिमा बिहान १०ः०० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने छन् ।

व्यापार र व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्ने विषयमा सो विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर रुपमा वृद्धि हुन थालेपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि शुरु गरेको एक साताको लकडाउनको अवधिमा एक–एक साता थपिँदै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]