१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौँ, ३२ श्रावण ।लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो ।

ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद साग मा सहभागी महिला तथा पुरुष राष्ट्रिय टोलीका सबै खेलाडीको कोरोना बीमा गरेको हो ।

ट्रष्टले सागमा सहभागी बीच भलिबलको महिला तथा पुरुष टोलीका खेलाडीको समेत कोरोना बीमा गरिदिएको छ । ट्रष्टले आज महिला टोलीकी खेलाडी प्रतिभा माली र बीच भलिबल टोलीका सदस्य दिल सुनारको उपस्थितिमा बीमा गरेको हो ।

देशमा कोरोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा खेलाडीको सुरक्षालाई ध्यानमा राखि कोरोना बीमा गरिएको ट्रष्टकी संरक्षक अन्जु श्रेष्ठले बताउनुभयो । श्रेष्ठ नेपाली महिला भलिबल टोलीकी पूर्व कप्तानसमेत हुनुहुन्छ ।

बीमा कार्यक्रममा भलिबल खेलाडीद्वय माली र सुनारले पहिलो पटक भलिबल खेलाडीको कोरोना बीमा गरेकामा ट्रष्टलाई धन्यवाद दिनुभयो ।

ट्रष्टले बर्सेनी वर्षको उत्कृष्ट महिला र पुरुष भलिबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । पूर्वकप्तान श्रेष्ठले आफ्ना बुबा लक्ष्मीनारायण श्रेष्ठको स्मृतिमा ट्रष्ट स्थापना गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]