२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

अफगानी सुरक्षा कारबाहीमा २१ तालिवान लडाकूको मृत्यु

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

न्यूजमधेश सम्बादाता
काबुल, १ भाद्र । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ ।

अफगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अफगान विषेश सुरक्षा बलले आइतबार पुष्टि गरेको छ ।

बड्घीस प्रान्तमा १२ जना मारिएका हुन् भने अर्का एक जना घाइते भएका हुन् । त्यहाँ सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । पहिलो आक्रमण क्वाडीस जिल्लाको क्वार्चाघी गाउँमा भएको अफगान राष्ट्रिय सैनिक विषेश बलको टोलीले जनाएको छ ।

घटनाका क्रममा स्थानीय गाउँले तर्फ र सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको पनि सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।

त्यसैगरी अर्को घटना गजनी प्रान्तमा भएको हो । त्यहाँ नौ जना मारिएको र अरु छ जना घाइते भएको सुरक्षा निकायले जनाएको छ । आन्द्र जिल्लाको चाहर डेवार भन्ने ठाउँमा भएको जनाइएको छ ।

अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरुले देशका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाउँदै आएका छन् ।

पछिल्ला दुवै घटनाका बारेमा तालिवान विद्रोहीहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]