०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

अवैध काठसहित दुई पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

न्यूजमधेश सम्बादाता
कैलाली ,१ भाद्र । कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिका– ९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लवसहित धनगढी उपमहानगरपालिका –११ बेलाका मुन्ना चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका विभिन्न साइजको ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम बरामद गरिएको बताइएको छ ।

बरामद गरिएका काठ, मोटरसाइकल, राँगा, डल्लवसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]