२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

दुई सय किलो मटर बरामद

Logo
प्रकाशित सोमबार, भाद्र ०१, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी,१ भाद्र । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएका अवस्थामा महोत्तरी प्रहरीले आज २०० किलो मटर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका –३ स्थित भारतीय सीमा नजीकै प्रहरीले सात बोरामा राखिएको मटर बरामद गरेको हो ।

नेपालबाट भारततर्फ टाउकामा बोकेर लैजाँदै गरिएको मटर भरियाले सीमा गस्तीका लागि पुगेको प्रहरी टोलीलाई देख्नासाथ फालेर भागेका थिए ।

भरियाले फालेर गएका ती मटरका बोरा प्रहरीले ल्याएर जिल्लाको मुख्य भन्सार जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]