२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

नदीमा बुद्धको मूर्ति फेला

Logo
प्रकाशित बुधबार, भाद्र ०३, २०७७

न्यूजमधेश सम्बादाता
जलेश्वर,३ भदौ । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका –९ स्थित बथनाहा गाउँमा नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएको छ ।

तराई–मधेशसहित देशभरि पितृलाई तर्पण गर्ने तथा घरघरमा कुश भित्र्याउने कुशेऔंशीका दिन आज बिहानै वनमा पुग्नुभएका बथनाहाका २२ वर्षीय डोमा सदाले नदीमा बुद्धको मूर्ति फेला पारेको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताउनुभयो ।

उहाँका अनुसार सदाले नदी किनारमै कुश उखेलिरहेका बेला कालो कपाल देखेपछि ठूलो माछा तैरिरहेको भनी समात्न जाँदा त्यो मूर्ति पाउनुभएको थियो । धातुको पहिचान नखुलेको, सुनौलो र खैरो रङको एक÷डेढ फिट लम्बाइको ध्यान मुद्रामा रहेको मूर्ति फेला पर्नासाथ उहाँले आफ्नो घरमा ल्याएर ताल्चा लगाई बन्द गरेर राख्नुभएको थियो ।

त्यसपछि उहाँले टोलछिमेक सबैलाई जानकारी दिएपछि भारततर्फ पनि नदीमा बुद्धको मूर्ति फेला परेको कुरा पुगेको र तत्कालै भारत बिहार राज्यको सीतामढी जिल्ला (सहसराम क्याम्प) बाट सीमा सुरक्षा बल (एसएसबी) को टोली आई सदालाई आफ्नो शिविरमा समातेर लगेको वडाध्यक्ष बलिराम रायले बताउनुभयो ।

घटनाबारे खबर हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि सदाको घरमा पुगेको छ । वरपर दुईचार गाउँका करीब पाँच सय व्यक्ति अहिले उहाँको घरमा मूर्ति हेर्न पुगेका छन् । सदालाई त्यहाँबाट ल्याउन आवश्यक पहल भइरहेको वडाध्यक्ष रायले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]