१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लाखौं रुपैँयासहित दुई भारतीय पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०४, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट,४ भदौ । स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय महिला पक्राउ परेका छिन् ।

विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं.३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको रु छ लाख ४० हजार बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।

रकमसहित पक्राउ पर्नेमा भारतको विहार राज्य, सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरीयाका समान उमेरका ४५ वर्षीया शान्ति देवी र सोही ठाउँ बस्ने मिना देवी पक्राउ छन् ।

अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ती महिला प्लाष्टिकको झोला चेक गर्दा श्रोत नखुलेको सो रकम फेला पारेको तथा उनीहरुमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]