१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

लाखौं रुपैँयासहित दुई भारतीय पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०४, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट,४ भदौ । स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय महिला पक्राउ परेका छिन् ।

विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं.३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको रु छ लाख ४० हजार बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।

रकमसहित पक्राउ पर्नेमा भारतको विहार राज्य, सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरीयाका समान उमेरका ४५ वर्षीया शान्ति देवी र सोही ठाउँ बस्ने मिना देवी पक्राउ छन् ।

अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ती महिला प्लाष्टिकको झोला चेक गर्दा श्रोत नखुलेको सो रकम फेला पारेको तथा उनीहरुमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]