२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर भागेपछि …

Logo
प्रकाशित शनिबार, भाद्र ०६, २०७७

न्यूजमधेश सम्बादाता
बारा, ६ भदौ । मोटरसाइकलमा आएका एक व्यक्तिले प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर फरार भएका छन् ।

आज (शनिबार) बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका–७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर भागेका हुन् ।

प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका ती व्यक्तिले आफूासँग भएको रातो झोला फालेर भागेको र उक्त झोलामा १६ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

उक्त झोलामा नेपाली हजार रुपैयाँ दरका ७६१ थान ५०० दरका १ हजार ६७६ थान गरी १६ लाख रुपैयाँ रहेको उनले जनाकारी दिए ।

‘लकडाउनको बेला हामीले सामान्य चेकजाँच गरिरहेका थियौँ, त्यसै क्रममा नम्बर नभएको भए मोटरसाइकलमा आएका व्यक्तिको जाँच गर्ने क्रममा उनी आफूसँग भएको रातो झोला फालेर भागेको र उक्त झोालमा १६ लाख रुपैयाँ भएको खुलेको हो’, डीएसपी मिश्रले भने ।

उनले मोटरसाइकलको नम्बर नखुल्दा अनुसन्धानमा अप्ठ्यारो भए पनि आफूहरु उक्त व्यक्तिको नजिक पुगिसकेको उनले जानकारी दिए । उनले स्रोत नखुलेको रकम भएका कारण ती व्यक्ति सो रुयैयाँ फालेर भागेको हुनसक्ने बताए ।

उनले फरार चालकको खोजी भइरहेको र बरामद भएको रकम राजश्व कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]