२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

प्रधानाध्यापक यादवको मृत्यु

Logo
प्रकाशित आइतबार, भाद्र ०७, २०७७

न्यूजमधेश सम्बादाता
सप्तरी ,७ भदौ । विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका एक ५१ वर्षीय प्रधानाध्यापकको आज मृत्यु भएपछि स्वाब सङ्कलन गरिएको छ ।

रुपनी गाउँपालिका–४ भथौल निवासी प्रधानाध्यापक सुर्य नारायण यादवको मृत्यु भएका हुन् । उहाँको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

बिहान घुमेर घर आइ खाना खाएर सुतेका उहाँ उठेपछि रिंगटा लागेर बेहोस हुँदा बिष्णुपुर गाउँपालिकाको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले अस्पताल आइपुग्नु अगावै मृत्यु भएको जानकारी दिनुहुँदै हृदयघातको सम्भावना व्यक्त गर्नुभयो । स्वाब सङ्कलनपछि शवलाई परिवारको जिम्मा लगाइने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]