०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

महिला हिंसा अन्त्यका लागि प्रदेश र स्थानीय सरकारलाई आह्वान

Logo
प्रकाशित आइतबार, भाद्र ०७, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौँ, ७ भदौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियान नै सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गर्नुभएको छ ।

जिल्ला समन्वय समिति महासंघ, नेपालले आज आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा उहाँले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले समाज रुपान्तरणका माध्यमबाट मात्रै महिला हिंसा अन्त्य हुने उल्लेख गर्दै त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने स्मरण गराउनुभयो । “समाजमा विद्यमान महिला हिंसा अन्त्यका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र योजना बनाएको छ”, उहाँले भन्नुभयो, “तर, त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहका जनप्रतिनिधिले पहलकदमी लिनु पर्दछ ।”

मन्त्री गुरुङले विगतमा लामो समय स्थानीयतहमा जनप्रतिनिधि नहुँदा पनि महिला हिंसाका घटना बढ्न गएको उल्लेख गर्दै अब त्यस्ता घटना हुन नदिन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महिला हिंसा अन्त्यका लागि सरकार प्रदेश र स्थानीय सरकारलाई सबै खालको सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौंलाले महिला हिंसा अन्त्यका लागि बनाइएका नीति, नियम र कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीताकुमारी सुन्दास, अधिकारकर्मी रेणु अधिकारीलगायतले महिला हिंसाका घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै न्यूनिकरणका लागि सरकारले ठोस योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]