११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

अवैधरुपमा भारततर्फ लैजाँदै गरिएको १७५ बोरा सेतो मटर सशस्त्र प्रहरीद्वारा बरामद

Logo
प्रकाशित मंगलबार, भाद्र ०९, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,९ भदौ। सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरुपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले गए राति बरामद गरेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ तस्करीका लागि डुङ्गामा लादिएको १७५ बोरा सेतो मटर बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी बताउनुभयो ।

तस्करीका लागि तयार गरिएको मटरसहितका ६ डुङ्गा हनुमाननगर कङ्कालिनी–११ सखुवास्थित कोशीको स्पर छेउबाट नियन्त्रणमा लिइएको हो । गोप्य सूचनाका आधारमा खटाइएको टोलीले मटरसहितको डुङ्गा बरामद गरे पनि तस्कर फेला नपरेको सप्रउ श्रेष्ठले भने ।

प्रहरीका अनुसार एउटा बोरामा २५ किलो मटर छ । बरामद गरिएको मटरको मूल्य रु दुई लाख ४७ हजार पाँच सय रहेको छ । सशस्त्र प्रहरीले भन्सार कार्यालय कुनौली बेल्हीमा बुझाउने तयारी भइरहेको जनाएको छ ।

सशस्त्र प्रहरीले गत साउन २३ गते पनि ५० बोरा मटर नियन्त्रणमा लिएको थियो । कोरोनाका कारण गरिएको लकडाउनले अन्य नाका प्रयोगमा कठिनाइ भएपछि तस्करले सप्तकोशी नदीलाई तस्करीको बाटाका रुपमा प्रयोग गर्न थालेका हुन् । तस्करले विभिन्न स्थानबाट मटर सङ्कलन गरी हनुमाननगर क्षेत्रस्थित गोदाममा भण्डारण गर्ने र राति डुङ्गामार्फत कोशी तारेर भारत पु¥याउँदै आएका छन् ।

नेपालमा सस्तो मूल्यमा पाइने मटर भारतमा राम्रो भाउमा बिक्ने गरेको छ । नेपालमा तेस्रो मुलुकबाट आयातीत मटरको तुलनामा प्रतिकिलो रु ५० कम पर्न थालेपछि भारततर्फ अवैध निर्यात बढेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]