०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

धानबालीमा रोगको प्रकोप फैलिएपछि किसान चिन्तित

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,१० भदौ । एक महिनाअघि आएको बाढीले धान खेतीमा ठूलै क्षति पु¥याएको सप्तरीमा अहिले धान खेतीमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाका सर्वाधिक धान खेती हुने पाँच स्थानिय तहमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका हुन् ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, खडक गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकालगायतका क्षेत्रमा रहेका धानखेतीमा अहिले गवारो रोगको प्रकोप बढी देखिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखी ६५ प्रतिशत क्षति पु¥याएकोबताए ।
प्रकोप नियन्त्रणका लागि तथा किसानहरुलाई राहत प्रदान गर्न गाउँपालिकाको साधानश्रोतले भ्याएसम्म पहल गरिरहेको बताएका उनले रोग नियन्त्रणका लागि प्रदेश र संघीय सरकारलाई पनि सहयोगका लागि आग्रह गरेको बताए ।

बाढी र कोरोनाको कहरबाट उन्मूक्ति नपाउँदै धान खेतीमा देखिएको गवारो रोगको प्रकोपले आफुहरु थप मारमा परेको कृषक श्यामकुमार मण्डलको भनाई छ । यस्तै गुनासो अन्य कृषकहरुले पनि गरेका छन् । उनीहरुले गवारो रोग रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानिय, प्रदेश र संघीय सरकारसँग आग्रह समेत गरेका छन् । धानबालीमा किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानहरुको भनाई छ ।

खेतमा असन्तुलन, गुणस्तरीय रसायनिक मलको अभाव तथाप्रतिकुल वातावरणका कारण धानबालीमा किराको प्रकोप बढेको कृषि विज्ञहरुको भनाई छ । कृषि ज्ञान केन्द्र राजविराजका कृषि विज्ञ राजेन्द्र प्रसाद यादवले पुतली जातको गवारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको बताए । उनले खेतमा प्रयोग गरिने रसायनिक मल,डिपिए, युरिया, पोटास लगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भई किराको आक्रमण बढेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि प्रहरी क्षेत्रमा प्राविधिक खटाइने काम भइसकेको जानकारी दिए ।

जिल्लामा यस पल्ट ६२ हजार ८ सय हेक्टर जग्गामा धान खेती भएको छ । तर, अधिकांश धानखेतीमा गवारो किराकोण्। प्रकोप देखिएपछि चिन्तित बनेका किसानहरुले यसको रोकथाम र नियन्त्रणका लागि अविलम्ब पहल गर्न सम्बन्धीत निकायसँग आग्रह गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]