१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

क्लोथ बैंकद्वारा अक्सिजन बैंक सेवा सञ्चालन

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० भदौ । प्रदेश नं २ मा कोरोना सङ्क्रमणको दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी क्लोथ बैंक धनुषाले अक्सिजन बैंकको सेवा सञ्चालन गरेको छ ।

विपन्नका लागि लुगा सहयोग गर्दे आएको सो बंैंकले कोरोना सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै बेडका अभावमा होम आइसोलेशन बसेका सङ्क्रमितलाई बैंकले अक्सिजन सिलिण्डरको व्यवस्थापन सेवा सञ्चालन गरेको छ ।

बैंकका अध्यक्ष राजीव झाका अनुसार घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराइ रहेकालाई बैंक निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको छ ।

घरमै चिकित्सकको निगरानीमा उपचार गराइरहेकामध्ये बैंकले अहिले २२ थान अक्सिजन सिलिण्डर उपलब्ध गराइ निःशुल्क चिकित्सकीय परामर्श सेवा पनि सञ्चालन गरिरहेको जनाइएको छ ।

चिकित्सक टोलीका सदस्य शैलेन्द्र झाले धनुषा जिल्लाका ३० ,सप्तरीका २, सिरहाका २ ,महोत्तरीका २ , सर्लाहीका ४ र पर्साका १८ जना सङ्क्रमितले चिकित्सकीय परामर्श लिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]