१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

नवलपरासीमा पाँँच दिन निषेधाज्ञा थप

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

न्यूजमधेश सम्बादाता
परासी ,१० भदौ । भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ ।

पछिल्लो पटक कोभिड १९ सङ्क्रमित विरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको आजको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सङ्घीय तथा प्रदेशसभा सदस्यहरु, राजनीतिक दल, जिसस तथा स्थानीय तहका प्रमुखहरुसहितको बुधबारको बैठकले कोभिड १९ को सङ्क्रमण समुदायमा फैलिदैँ गएकोले निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको थियो ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि साउन ३१ गते राति १२ बजेदेखि लागू भएको निषेधाज्ञा तेस्रो पटक थपिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । यसअघि साउन ३१ गते राती १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म र भदौ ६ गते राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । अझै पनि सङ्क्रमणको अवस्थाबाट मुक्त नभई सकेको तथा समुदाय स्तरमा सङ्क्रमण फैलिने अवस्थालाई न्यूनीकरण गर्न निषेधाज्ञालाई निरन्तरता दिन आवश्यक भएकोले भदौ १५ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारको बैठक, भेला, छलफल, सामूहिक जमघट गर्न निषेध गरिएको छ । निषेधाज्ञाको अवधिमा जिल्लाभित्र सञ्चालित बैङ्क, वित्तिय संस्था तथा सहकारीहरुमा अधिकतम रुपमा विद्युतीय सेवामा जोड दिन तथा मानिसको भौतिक उपस्थितिमा दिईने सेवाहरु निषेधाज्ञा अवधिभर स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बढी जनसम्पर्क हुने कार्यालय÷निकायहरुले अत्यावश्यक सेवाहरु न्यूनतम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सेवा प्रदान गर्न निर्देशन गरिएको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पश्चिम नवलपरासीमा हालसम्म १९५ जनालाई कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]