२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

धनुषाको सतोषरमा यसपाली लाग्दैन बोलबम मेला

Logo
प्रकाशित बिहिबार, भाद्र ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ भदौ । लामो समयदेखि धनुषाको सप्तेश्वर (सतोषर) मा लाग्दै आएको बिशाल बोलबम मेला यसपाली भने नलाग्ने भएको छ ।

कोरोना भाइरसको महामारी समुदाय स्तरसम्म पुगेको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियाबाट भरिने जल र मेला कार्यक्रम नलाग्ने बताइएको छ ।

बरमझिया स्थित रहेको चारनाथ नदीबाट जल भरेर धनुषाको सबैला नगरपालिकाको सतोषर स्थित रहेको सप्तेश्वरनाथ महादेव मन्दिरमा चढाउने गरिन्छ । तर, यसपाली कोरोना भाइरसलाई मध्यनजर गर्दै मेला नलाग्ने जनाइएको छ ।

आगामी भदौ १५ र १६ गते अनन्त चतुर्थीको दिन लाग्ने भनिएको बोलबम मेला भने नलाग्ने जनाइएको छ । गणेशमान चारनाथ नगरपालिकाले एक सूचना प्रकाशित गर्दै वडा नं. ९ र १० मा लाग्ने बोलबम मेला नलाग्ने जनाएको छ ।

पूर्वी धनुषासहित अन्य विभिन्न स्थानबाट प्रत्येक वर्ष हजारौं हजारको सँख्यामा काँवरियाहरु सतोषर महादेवमा जल चढाउने गरिन्छ । जल चढाउने श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सतोषर महादेवमा चढाउने गर्दै आएको छ ।

यसपाली स्थानीय प्रशासनले भीडभाड नहुन दिन निर्देशन जारी गरेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्लेले सूचना जारी गर्दै बोलबम मेला नलाग्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]