०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

क्लोथ बैंकको पहलमा एम्बुलेन्स अभावको समस्या समाधान

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ भदौ।समाजिक कार्यमा लागेको क्लोथ बैंक धनुषाको पहलमा एम्बुलेन्स अभावको समस्या समाधान भएको छ ।

बैंकको पहलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र एम्बुलेन्स चालक संघको उपस्थितीमा भएको वृहत छलफलले कोभिडका विरामीहरुलाई बोक्न एम्बुलेन्स चालकहरु राजी भएका छन् ।

क्लोथ बैंकले सुरक्षाका सम्पुर्ण समाग्रीहरु उपलब्ध गराउने प्रतिवद्वता गरेपछि एम्बुलेन्स चालकहरु मानव कल्याणका लागि एम्बुलेन्समा कोरोनाका संक्रमित समेत बोक्न अब तयार भएका हुन् ।

बैंकले चालकका लागि पिपिई, मास्क, ग्लभ्स, स्यानिटाइजर, फेस हेलमेट सहितका सवै समाग्री उपलब्ध गराउने भएपछि चालकहरु काम गर्न राजी भएको बताए । कोरोना भाइरस विरुद्धको लडाइमा लागेका वैंकको अभियानलाई सार्थक वनाउनका लागि २९ वटा एम्बुलेन्सले सहयोगको प्रतिवद्धता गरेको बैंकका अध्यक्ष राजिव झाले बताए ।

छलफलवाट एम्बुलेन्स समस्या समाधानका लागि एक समिति समेत गठन गरिएको छ । समितिमा रहेको व्यक्तीहरुको सम्पर्क नम्वर समेत जारी गरि कुनै समस्या परे सम्पर्कका लागि अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]