०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सहिद राममनोहर यादवको तेस्रो स्मृति दिवस मधेसभरी मनाए !

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ भदौ। स्वराज आन्दोलनको प्रथम सहिद राममनोहर यादवको तेस्रो स्मृति दिवस मनाएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको तेस्रो स्मृति दिवस सोमबार मनाएको हो ।

जनमत पार्टीका अनुसार कोरोना महामारीको समयमा सभा समारोह गर्न सम्भव नभएको कारण यसपटक धनुषासहित मधेशका सबै जिल्लाहरुमा स्थानिय पालिका स्तरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

२०७५ भाद्र ७ गते तात्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ गरी राज्य विप्लवको मुद्दा लगाई हिरासतमा यातना दिएर बर्दिया प्रहरीद्वारा हत्या गरिएको आरोप संगठनले लगाएको थियो ।

उच्च रक्तचापका विरामी समेत रहेका स्व. राममनोहरले नियमित खाने औषधी समेत खान नदिएको, यातनाका बेला परिवारसंग भेट्न नदिएको जानकारी केन्द्रिय नेता अब्दूल खानले दिएका थिए ।

सिकिस्त भई बेहोस भईसकेपछि मात्र प्रहरीले उपचारका लागी स्व. राममनोहरलाई लाई स्थानिय स्वास्थ्य चौकी, जिल्ला अस्पताल र अन्तमा काठमाडौं लैजाने क्रममा अनावश्यक समय बर्बाद गरी जानिजानि भाद्र १५ गते मृत्युको मुखमा पुर्‍याएको आरोप छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]