०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सप्तरीमा ‘फुड बैंक’ सञ्चालन

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

न्यूजमधेश डेस्क 
सप्तरी,१६ भदौ । लगातारको लकडाउन र निषेधाज्ञाले भोकै परेका व्यक्तिलाई खाद्य सहयोग गर्न सप्तरीको कञ्चनरूपमा पनि आजदेखि ‘फुड बैंक’ सञ्चालन भएको छ । विपन्न, असहाय र मजदूरलाई लक्ष्य गरी ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नाराका साथ कञ्चन सञ्चार समूहले आजदेखि खाद्य बैंक सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक एवम् समूहका उपाध्यक्ष रोमा लम्सालले बताउनुभयो ।

एघार दाताको सहयोगबाट शुरुआत गरिएको ‘फुड बैंक’बाट आर्थिक रूपले अतिविपन्न परिवारका ४५ जनाले राहत लगेका छन् । कञ्चनरूप– १२ रूपनगरस्थित प्रगति टोलमा स्थापित ‘फुड बैंक’ बाट लकडाउनले समस्यामा परेका नगरपालिकाभित्रका आर्थिक रूपले अतिविपन्न, असहाय र अशक्त परिवारलाई प्रतिपरिवार चामल, दाल, नुन, आलु, स्वायबिन, साबुन, तेल र मास्क वितरण गरिएको समूहले जनाएको छ ।

‘फुड बैंक’मा समूहका उपाध्यक्ष लम्साल, समूहका सल्लाहकार संयोजक उत्तमप्रसाद आचार्य, कञ्चनरूप–१२ का वडाध्यक्ष देवीबहादुर खत्री, सोही वडाका मनप्रसाद लम्साल, सजर अली, आशा खड्का रञ्जना पोखरेल, काठमाडौँकी पवित्रम दाहाल, कैलालीका विपीन ‘बुद्धि’ र उदयपुरका माधव ‘गोज्याङ्ग्रे’ बाट खाद्य र नगद सहयोग प्राप्त भएको समूहले जनाएको छ ।

गरीब एवं दुःखीको पीडामा मलहम लगाउन ‘फुड बैंक’ शुरु गरिएको समूहका अध्यक्ष डम्बर राईले बताउनुभयो । समूहका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार कोही पनि भोकै बस्नु नपरोस् भनेर अभियान शुरु गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]