२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

शहीद राममनोहर यादवको तेस्रो स्मृति दिवस लहानमा पनि मनाईयो

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

न्यूजमधेश डेस्क
सिरहा, १६ भदौ । डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सिरहाको लहान लगायत मधेसका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

जनमत पार्टीका वरिष्ठ नेतृत्व मंण्डलका केन्द्रिय सदस्य तथा लहान नगर ईन्चार्ज तथा मधेस र मधेसी हकहितको लागी आवाज उठाउने प्रभावशाली नेता बिष्णु चौधरीको नेतृत्वमा शहीद राम मनोहर यादवको तस्बिरमा फुल ,माला अर्पण गरी,अबिरको टिका लगाई श्रद्धाञ्जली अर्पण गरेका छन ।

लहानमा उल्लेख्य रुपमा स्वराजी नेताहरुको सहभागीता रहेको नेता राम पृत महतोले जानकारी दिएका छन । सिरहाको मुख्य मुख्य शहर जस्तै लहान, गोलबजार , चोहर्वा , मिर्चैया , सिरहा नगरपालिका , नबराजपुर गाउँ पालिका , बरयारपट्टी गाउँ पालिका , हकपरा , अर्नमा गाउँ पालिकाको बनठियामा समेत श्रद्धाञ्जली अर्पण गरिएको नेतृ कविता सिंहले जानकारी दिईन ।

कार्यक्रममा विद्यार्थी नेता पोषण यादव , राम शंकर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । राम मनोहर यादव को जन्म २०४५ सालमा बाके जिल्लाको जांनकी गाउँपालिकाका कपासि गाउँमा भएका थिए । २०७५ भदौ ८ गते बर्दिया जिल्लाबाट प्रहरीद्धारा गिरफ्तार गरिएर हिरासतमा राखिएको र हिरासत भित्रै उनको विभत्स हत्या गरिएको नेताहरूको आरोप रहेको छ ।

डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबंन्धन २०६९ सालमा देश ब्यापी रूपमा गठन भएको थियो । नेता राम मनोहर यादव २०७० सालमा स्वतन्त्र मधेस गठ बंन्धनमा आबद्ध भई बांके जिल्लाका जिल्ला इन्चार्ज समेत समाल्दै आएका थिए ।सहिद यादवका ३ छोरा छोरी छन् ।

गैर आवासीय मधेशी संघ द्वारा अमेरीका, कतार, यूएई, सऊदी अरबिया, मलेशिया र इंडिया लगायत संसार भरि श्रद्धाञ्जली सभा गरेको छ।

प्रत्येक बर्ष भदौ १५ गते दिन प्रहरी हिरासतमा मारिएका मधेश स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्लाहरुमा श्रद्धाञ्जली सभा मनाउदै आएका छन्।यसपटक कोरोना महामारीको कारणले सभा समारोह गर्न अवस्था नरहेकोले समाजिक दुरीको खयाल गरेर श्रद्धाञ्जली कार्यक्रम मनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]