१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

शहीद राममनोहर यादवको तेस्रो स्मृति दिवस लहानमा पनि मनाईयो

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

न्यूजमधेश डेस्क
सिरहा, १६ भदौ । डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सिरहाको लहान लगायत मधेसका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

जनमत पार्टीका वरिष्ठ नेतृत्व मंण्डलका केन्द्रिय सदस्य तथा लहान नगर ईन्चार्ज तथा मधेस र मधेसी हकहितको लागी आवाज उठाउने प्रभावशाली नेता बिष्णु चौधरीको नेतृत्वमा शहीद राम मनोहर यादवको तस्बिरमा फुल ,माला अर्पण गरी,अबिरको टिका लगाई श्रद्धाञ्जली अर्पण गरेका छन ।

लहानमा उल्लेख्य रुपमा स्वराजी नेताहरुको सहभागीता रहेको नेता राम पृत महतोले जानकारी दिएका छन । सिरहाको मुख्य मुख्य शहर जस्तै लहान, गोलबजार , चोहर्वा , मिर्चैया , सिरहा नगरपालिका , नबराजपुर गाउँ पालिका , बरयारपट्टी गाउँ पालिका , हकपरा , अर्नमा गाउँ पालिकाको बनठियामा समेत श्रद्धाञ्जली अर्पण गरिएको नेतृ कविता सिंहले जानकारी दिईन ।

कार्यक्रममा विद्यार्थी नेता पोषण यादव , राम शंकर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । राम मनोहर यादव को जन्म २०४५ सालमा बाके जिल्लाको जांनकी गाउँपालिकाका कपासि गाउँमा भएका थिए । २०७५ भदौ ८ गते बर्दिया जिल्लाबाट प्रहरीद्धारा गिरफ्तार गरिएर हिरासतमा राखिएको र हिरासत भित्रै उनको विभत्स हत्या गरिएको नेताहरूको आरोप रहेको छ ।

डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबंन्धन २०६९ सालमा देश ब्यापी रूपमा गठन भएको थियो । नेता राम मनोहर यादव २०७० सालमा स्वतन्त्र मधेस गठ बंन्धनमा आबद्ध भई बांके जिल्लाका जिल्ला इन्चार्ज समेत समाल्दै आएका थिए ।सहिद यादवका ३ छोरा छोरी छन् ।

गैर आवासीय मधेशी संघ द्वारा अमेरीका, कतार, यूएई, सऊदी अरबिया, मलेशिया र इंडिया लगायत संसार भरि श्रद्धाञ्जली सभा गरेको छ।

प्रत्येक बर्ष भदौ १५ गते दिन प्रहरी हिरासतमा मारिएका मधेश स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्लाहरुमा श्रद्धाञ्जली सभा मनाउदै आएका छन्।यसपटक कोरोना महामारीको कारणले सभा समारोह गर्न अवस्था नरहेकोले समाजिक दुरीको खयाल गरेर श्रद्धाञ्जली कार्यक्रम मनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]