२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सहकारी क्षेत्रलाई प्रविधी मैत्री बनाउन आवयश्क : मन्त्री साह

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१७ भदौ । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारी क्षेत्रलाई प्रविधी मैत्री बनाउन आवयश्क रहेको बताएका छन् ।

सहकारी क्षेत्रलाई प्रबिधीमैत्री बनाउने उद्देश्यले मन्त्रालयले सुरु गरेको कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री साहले जनतासंग प्रत्यक्ष सरोकार राख्ने सहकारीहरु प्रविधीपुर्ण र मैत्री हुनु आवयश्क रहेको बताए ।

उनले भने, ‘ जनतासंग प्रत्यक्ष सरोकार राख्ने सहकारीहरु जनताको हरेक उन्नती प्रगतीको विवरण (डाटा, हरहिसाव) सुरक्षित तरिकाले राखोस भन्नका लागि यो कार्यक्रम ल्याइएको हो ।’ गत वर्षकै योजनामा रहेको यो कार्यक्रमको सवै प्रक्रिया पुरा भइ कोरोना महामारीको कहरका कारण प्रभावित भएको थियो ।

मंगलवार समाजिक दुरी कायम गर्दै समुदघाटन स्वरुप ७ थान कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । भिडभाड नहोस भन्ने उद्देश्यले आज सो कार्यगरि आठवटै जिल्लावाट छनौट भएका एकसय सहकारीहरुलाई एक थान कम्प्युटर सेट र एक थान प्रिन्टर वितरण हुने मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम चालु आर्थिक वर्षमा समेत निरन्तर जारी रहने जनाइएको छ ।सो अवसरमा मन्त्रालय निर्वतमान सचिव डाक्टर विमल कुमार निर्मल, मन्त्रालयका कर्मचारीहरु, सहकारीका अगुवाहरु सहितको उपस्थिति थियो ।

कार्यक्रमका संयोजक सहकारी तथा गरिवि निवारण शाखा अधिकृत ओम नारायण झाका अनुसार प्रदेशको आठवटै जिल्लाहरु मध्ये धनुषा को २६, महोत्तरी १२, सिरहा १२, सप्तरी १२, बारा १०, पर्सा ६, रौतहट १० र सर्लाहीको १२ वटा गरि जम्मा एक सय सहकारीहरुलाई एक÷एक थान कम्प्युटर र प्रिन्टर वितरण गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]