०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

अनलाईन साथीले अनलाईन शिक्षा सहयात्री योजना ल्यायो !

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०७७

न्यूजमधेश सम्बादाता 
काठमाडौं,१८ भदौ । विश्व जस्तै नेपालमा पनि शिक्षालाई डिजिटलाईजेशन गर्ने उदेश्यका साथ अनलाईन साथीले अनलाईन शिक्षा सहयात्री योजना ल्याएको छ ।

शिक्षा क्षेत्र विगत देखिनै एउटा पुल जस्तो भुमिकामा रहेर का मगर्दे आईरहेका ख्याती प्राप्त संस्था के पढ्नको सहकार्यमा अनलाईन शिक्षा सहयात्री योजना ल्याईएको अनलाईन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादवले जानकारी दिएको छ ।

उनले हाल विश्वनै कोरोना महामारीसँग जुधिरहेको बेला ठप्प रहेको शिक्षालाई डिजिटलाईजेशन गर्ने आवश्यकतालाई मध्य नजर गरी यो योजना ल्याईएको बताए ।

स्थापनाको एक बर्षमा नै आफ्नो एउटा अलग पहिचान बनाउन सफल अनलाईन साथीले ल्याएको यो योजना एसइइ पास विधार्थीहरुको लागि अति लाभदायी हुने अध्यक्ष यादवले जनाए ।

उक्त योजना अन्तर्गत एसइइ पास भएका विधार्थीहरुलाई अनलाईन शिक्षा लिनलाई सघाउ पुर्याउन ल्यापटप, मोबाइल, क्यास भौचर तथा अन्य शैक्षिक सामाग्रीहरु प्रदान गरिनेछ ।

बर्षमा दुई पटक संचालन गरिने यो योजना यसपटक भने एसइइ पास विधार्थीहरुमा केन्द्रित रहनेछ । साथै यो योजनामा यस पटकको एसइइमा पास हुने नेपालभरिका सम्पूर्ण विधार्थीहरु सहभागी हुन सक्नेछन् ।

यस योजनामा सहभागि हुन एसइइ पास विधार्थीलेhttps://sahayatri.onlinesaathi.com/ यस लिंकमा अनलाइन साथीडट कमको लिङ्क (Click here to apply) मा गएर आफ्नो विवरण भरेर सबमिट गर्नुपर्नेछ ।

२०२० सेम्टेम्बर महिनाको अन्त्यसम्म संचालन हुने यस योजनामा सहभागी बिद्यार्थीहरु मध्येबाट गोला प्रथाद्वारा २०२० अक्टोबर महिनाको पहिलो हप्तामा विजेताहरुको छनोट गरिनेछ ।

छनौट हुने विद्यार्थीहरुलाई गोला प्रथामार्फत एकजना विद्यार्थीलाई एउटा ल्यापटप, १० जनालाई क्यास भौचर, १० जनालाई ल्यापटप ब्यागसँग आकर्षक उपहार र ५ जनालाई ट्याब प्रदान गरिने अध्यक्ष यादवले जनाएको छ । यस योजनाको माध्यमबाट नेपालमा अनलाईन शिक्षाको क्षेत्रमा शैक्षिक संस्था ,विधार्थी, अभिभावकहरुलाई सहयोग तथा उतप्रेरणा पुग्ने विश्वास लिएको उनको भनाइ छ ।

हाल मुलुकमा ठप्प रहेको शिक्षा क्षेत्रलाई सहयोग गर्ने उदेश्यले यो योजना ल्याएको ई–कर्मस कम्पनी अनलाइनबाट अर्डर गरिएका इलेक्ट्रोनिक्स ग्याजेट, लत्ता कपडा, कस्मेटिक्स, किचेन सामग्री लगायत विभिन्न सामग्री नेपालको जुनसुकै ठाउँमा होम डेलिभर गरिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]