३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

अनलाईन साथीले अनलाईन शिक्षा सहयात्री योजना ल्यायो !

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०७७

न्यूजमधेश सम्बादाता 
काठमाडौं,१८ भदौ । विश्व जस्तै नेपालमा पनि शिक्षालाई डिजिटलाईजेशन गर्ने उदेश्यका साथ अनलाईन साथीले अनलाईन शिक्षा सहयात्री योजना ल्याएको छ ।

शिक्षा क्षेत्र विगत देखिनै एउटा पुल जस्तो भुमिकामा रहेर का मगर्दे आईरहेका ख्याती प्राप्त संस्था के पढ्नको सहकार्यमा अनलाईन शिक्षा सहयात्री योजना ल्याईएको अनलाईन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादवले जानकारी दिएको छ ।

उनले हाल विश्वनै कोरोना महामारीसँग जुधिरहेको बेला ठप्प रहेको शिक्षालाई डिजिटलाईजेशन गर्ने आवश्यकतालाई मध्य नजर गरी यो योजना ल्याईएको बताए ।

स्थापनाको एक बर्षमा नै आफ्नो एउटा अलग पहिचान बनाउन सफल अनलाईन साथीले ल्याएको यो योजना एसइइ पास विधार्थीहरुको लागि अति लाभदायी हुने अध्यक्ष यादवले जनाए ।

उक्त योजना अन्तर्गत एसइइ पास भएका विधार्थीहरुलाई अनलाईन शिक्षा लिनलाई सघाउ पुर्याउन ल्यापटप, मोबाइल, क्यास भौचर तथा अन्य शैक्षिक सामाग्रीहरु प्रदान गरिनेछ ।

बर्षमा दुई पटक संचालन गरिने यो योजना यसपटक भने एसइइ पास विधार्थीहरुमा केन्द्रित रहनेछ । साथै यो योजनामा यस पटकको एसइइमा पास हुने नेपालभरिका सम्पूर्ण विधार्थीहरु सहभागी हुन सक्नेछन् ।

यस योजनामा सहभागि हुन एसइइ पास विधार्थीलेhttps://sahayatri.onlinesaathi.com/ यस लिंकमा अनलाइन साथीडट कमको लिङ्क (Click here to apply) मा गएर आफ्नो विवरण भरेर सबमिट गर्नुपर्नेछ ।

२०२० सेम्टेम्बर महिनाको अन्त्यसम्म संचालन हुने यस योजनामा सहभागी बिद्यार्थीहरु मध्येबाट गोला प्रथाद्वारा २०२० अक्टोबर महिनाको पहिलो हप्तामा विजेताहरुको छनोट गरिनेछ ।

छनौट हुने विद्यार्थीहरुलाई गोला प्रथामार्फत एकजना विद्यार्थीलाई एउटा ल्यापटप, १० जनालाई क्यास भौचर, १० जनालाई ल्यापटप ब्यागसँग आकर्षक उपहार र ५ जनालाई ट्याब प्रदान गरिने अध्यक्ष यादवले जनाएको छ । यस योजनाको माध्यमबाट नेपालमा अनलाईन शिक्षाको क्षेत्रमा शैक्षिक संस्था ,विधार्थी, अभिभावकहरुलाई सहयोग तथा उतप्रेरणा पुग्ने विश्वास लिएको उनको भनाइ छ ।

हाल मुलुकमा ठप्प रहेको शिक्षा क्षेत्रलाई सहयोग गर्ने उदेश्यले यो योजना ल्याएको ई–कर्मस कम्पनी अनलाइनबाट अर्डर गरिएका इलेक्ट्रोनिक्स ग्याजेट, लत्ता कपडा, कस्मेटिक्स, किचेन सामग्री लगायत विभिन्न सामग्री नेपालको जुनसुकै ठाउँमा होम डेलिभर गरिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]