११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

धनुषाको एक विद्यालयमा धान खेती

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ भदौ । धनुषाको एक  विद्यालय परिसरमा धान खेती गरिएको छ । जिल्लाको कमला नगरपालिका वडा नं ५ लक्कडस्थित नथुनी गोइत निम्न माध्यमिक विद्यालयको परिसर भित्रै करिव ६ कठ्ठा जग्गामा धान खेती गरिएकोछ ।

स्थानिय अशेश्वर यादवले विद्यालयको जग्गामा धान अनाधिकृत रुपमा रोपेको देखिएको छ । विद्यालयको जग्गामा धान खेती बारे उनले विद्यालय व्यवस्थापन समितिको सहमतिमै धान रोपेको बताउँछन ।

यादवका अनुसार विद्यालयको कम्पाउण्डमै स्थानिय वालबालिकाहरु फोहोर गर्दै आएको छ । फोहोर हुन नदिनको लागि विद्यालय व्यवस्थापन समितिको सहमतीमै धान रोपेको वताए ।

यता विद्यालयको विद्यार्थी खेल्ने मैदानलाई धान खेतको रुपमा परिणत गर्दा पनि ध्यान किन नदिएको भनि वडाध्यक्ष शिवा पासवानसंग प्रश्न गर्दा उनले यस सम्वन्धमा बोल्न मानेनन ।

विद्यालयको जग्गा सार्वजनिक रहेको र यसलाई अनाधिकृतरुपमा कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न नपाइने भएपनि व्यवस्थापन समितिले किन प्रयोग गर्न दियो भन्ने समितिकै एक पदाधिकारी तिरपीत गोइत संग प्रश्न गर्दा विद्यालय अहिले वन्द अवस्थामा रहेकोलेधान खेती गर्नका लागि स्थानिय अशेश्वर यादवलाई प्रयोग गर्न दिइएको बताए ।

यता विद्यालयलाई धान खेतमा परिणत गरेको सम्वन्धमा विद्यालयका प्रअ नविन गोइतले प्रतिक्रिया जनाउन चाहेनन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]