१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

आमरण अनशन बसेका पूर्वमन्त्री पासवानलाई उपचारका लागि धरान लगियो

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भदौ । प्रहरी हिरासतमा विजय रामको मृत्यु भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ ।

बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पूर्वमन्त्री पासवानलाई एम्बुलेन्समा हालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको हो ।

मन्त्री पासवान पछिल्लो एक सातादेखि इलाका प्रहरी कार्यालय गरुडा अगाडि आमरण अनसन बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो ।

उनी आमरण अनशन बस्दा गरुडामा दैनिकजसो प्रदर्शन हुँदै आएको थियो । बिहीबार मात्रै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आमरण अनशन बसेका पूर्व मन्त्रीको स्वास्थ्य अवस्था नाजुक भइसकेपछि अस्पताल पुर्‍याइएको बताए । पूर्वमन्त्री पासवानलाई ज्वरो पनि आएको र स्वास्थ्य अवस्था कमजोर बनिसकेको स्थानीय चिकित्सकले बताएपछि अक्सिजनसहितको एम्बुलेन्सको व्यवस्था गरी धरान पुर्‍याएको बताए ।

‘धरानमा लगेर उनको उपचार शुरु गरिएको छ’ डीआईजी सिंहले भने, ‘उनको स्वाब परीक्षण गर्ने तयारी पनि गरिएको छ ।’

पूर्वमन्त्रीका स्वकीय सचिव रोशन पासवानले प्रहरीले अपहरण शैलीमा मोवाइल फोन नियन्त्रणमा लिई बलजफ्ती धरान पुर्‍याएको बताए । उनले दलित आन्दोलन असफल बनाउन प्रहरीले यो रणनीति बनाएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]