१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कोरोनाबाट युएईमा थप पाँच नेपालीको मृत्यु

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौँ, २१ भदौ । पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

विदेशमा मात्र ३४ हजार ९३९ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण विदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार भएको छ ।

सङ्घ र विदेशस्थित नेपाली नियोगको संयुक्त पहलमा ५८ देशबाट ३ ५९ उडानमार्फत ५६ हजार ७७७ जना नेपालीको उद्धार गरिएको हो । सोही अवधिमा विदेशमा विभिन्न कारणले निधन भएका २९९ नेपालीको शव नेपाल ल्याइएको सङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]