३० माघ २०८२, शुक्रबार
13-02-2026 , Fri
×

एनआरएमएले गरे क़तारमा फसेका धनुषाका २ जना मधेशीहरुको उद्धार

Logo
प्रकाशित सोमबार, भाद्र २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२२ भदौ।गैर आवासीय मधेशी संघ (NRMA) क़तारका अध्यक्ष शम्भु नाथ साह र टीमका साथीहरूको सहयोगमा क़तारमा समस्यामा रहेका मधेशी साथीहरुको सहयोग र उद्धारका लागी पहल गरि राखेका छन्। यसै क्रममा वहाँहरु नेपाली राजदूताबास लगायत अन्य स्थानीय सरकारी तथा गैर-सरकारी निकाय संग निरन्तर फ़ॉलो अप गरी राखेका छन्।

क़तारमा रहेका लाखौ मधेशीहरुको सहयोगका लागी NRMA ले कोरोना वॉरीअर उप-समिति मार्फ़त जन-जागरण अभियान संचालन गरेका छन्।

कोरोना महामारीका कारण रोज़गार गुमाएका र समस्यामा परेका मधेशी साथीहरुलाई खाने, बस्ने ब्यवस्था गर्नुका साथै उद्धार गरी नेपाल पठाउने काममा समेत NRMA ले सहयोग गर्दै आएको छ।

यसै क्रममा शहिदनगर नगरपालिकाका सरोज यादव (धनुषा) र कमला नगरपालिकाका नबिन महरा (धनुषा) का बारेमा सामाजिक संजाल मार्फ़त NRMA लाई जानकारी प्राप्त भयों। उनीहरु कम्पनी बन्द भएका कारण ५ महीनादेखी बिचल्लीमा परेका थिए। उनी दुबै जनालाई खाने र बस्ने समस्या समेत भयों। कुनै ठाऊबाट सहयोग प्राप्त भएन्।

NRMA लाई सूचना प्राप्त भए पछि टीमका साथीहरु तुरन्त वहाँहरुलाई भेटी खान र बस्न ब्यवस्था मिलाए। निरन्तरको फ़ॉलो अप पछि वहाँहरुको नेपाल जाने फ़्लाइट टिकट भयों। र आज नेपाल सकुशल फ़िर्ता भई सक्नु भएको छ।

यसै गरी गैर आवासीय मधेशी संघ (NRMA) ले बिश्वको सबै देशहरुमा मधेशीहरुलाई सहयोग गर्दै आई रहेको छ। “परदेश में मधेशीयों का साथी” का नारासाथ संचालित यो संगठन विश्वको ४४ भन्दा बढ़ी देशमा कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]