२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

गैर आवासीय मधेशी संघको आज १० औं स्थापनाको दिवस

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३भदौ । बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) ले आज आफ्नो १० औं  स्थापना दिवस मनाइरहेको छ  ।

आज भन्दा १० वर्ष अगाडि ८ सेप्टेम्बर २०१० मा गैर  आवासीय मधेशी संघको स्थापना भएको हो।संघका संस्थापक अध्यक्ष डा सीके राउत रहेका थिए। संस्थापक उपाध्यक्षका रुपमा ई. बसन्त कुशवाहाले  २ कार्यकालदेखि अध्यक्ष रहेका छन्।

स्थापनाको १० वर्षमा गैर आवासीय मधेसी संघले अहिले विश्वका  ४५ ओटा देशमा आफ्नो  फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। मलेसिया र मध्यपूर्वका देशहरुमा संघका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ। यी देशहरुमा एरिया र कैम्प सम्म समितिहरु बिस्तार गरेका छन्।

एनआरएमएले अन्तर्राष्ट्रीय मंचहरुमा रंगभेद विरूद्ध आवाज़ उठाउदै आईं रहेको छ। मधेश र मधेशीको हकहितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ।

मधेशी बाहुल्य देशहरुमा मधेशका पर्व त्योहार हरु मनाउदै प्रवासमा पनि आफ्नो सभ्यता र सांस्कृतिको संरक्षण गर्दै आई रहेको छ। त्यस्तै एनआरएमएले मधेशमा हुने गरेको प्राकृतिक प्रकोप जस्तै बाढ़, भूकम्पका बेला प्रवासबाट सहयोग, राहत तथा निशुल्क उपचार सेवाहरु प्रदान गरेका छन्।

मधेशको विकासका लागी यस संगठनले खोज र अनुसंधान समेत गर्दै आई रहेको छ। त्यस अन्तर्गत आधुनिक कृषि, औद्योगिकरण, पर्यटन, बैंकिंग, फ्री जोन एफ़डीआई, सौर्य ऊर्जा, वातावरण संरक्षण इत्यादिका क्षेत्रमा उपलब्धि हासिल गरेका छन्, जुन आउने दिनमा मधेशमा लागू गर्ने छ।

त्यस्तै एनआरएमएले प्रवासमा रहेको सबै मधेशीहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ। आर्थिक सहयोगदेखि रोज़गार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ।यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।

खास गरी कोरोना महामारीको समयमा एनआरएमएले हरेक देशमा छुटै उप-समिति मार्फ़त सहयोग र समन्वय जारी राखेको छ। कोरोनाका कारण बिदेशमा थुप्रै कम्पनीहरु बन्द भएका छन्। जसका कारण हज़ारौको संख्यामा मधेशीहरु समस्यामा परेका छन्।यिनीहरुलाई संगठनले राय, सल्लाह र उद्धारमा सक्रिय भूमिका निर्वाह गरेको छ।

बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ। संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ़दै गरेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]