१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ भदौ । सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो.नुरारी लहेरीलाई जनकपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षकको कमाण्डमा खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका–५ सोनरपट्टीमा जाँच गर्ने क्रममा दुईवटा साइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको हो ।

खानतलासी गर्दा सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने रु १० लाख ६२ हजार बराबरको चाँदी जस्तो देखिने सेतो रङको धातु अन्दाजी ५० किलोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । सामानसहित पक्राउ गरिएका दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता मिश्रले बताउनुभयो ।

त्यसैगरी भारतबाट अवैधरूपमा तस्करी गरी ल्याइएका सामान पनि धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा मारेर भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको हो ।

नदाफले तस्करी गरी ल्याएका सामान गाई गोठमा लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायब निरीक्षक बब्लु ठाकुरको कमाण्डमा गएको टोलीले ती सामान नियन्त्रणमा लिएको हो ।

नदाफको गाई गोठ खानतलासी गर्दा ५० केजीको दरले ११ बोरा ५५० केजी सुकेको हरियो मटर, दुई पोका तयारी कपडा र एक पोका चप्पल गरी करिब रु दुई लाख १३ हजार ४०० को सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको सामानहरु आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]