१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

चोरीको आरोपमा एक महिलासहित चार जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,२३ भदौ।चोरी गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगररपालिका–७ गुदरीलाइनमास्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा भदौ २१ गते राति चोरी गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो ।

उक्त किराना पसलमा भदौ २२ गते बिहान खोलेर हेर्दा १ लाख ५० हजार रुपैयाँ बराबरका रिचार्ज कार्ड र नगद गरी ४ लाख रुपैयाँ चोरी भएको सूचना आएपछि अनुसन्धानमा जुटेको प्रहरीले पसलमा जडान रहेको सीसीटिभी फुटेजका आधारमा चोरीमा संल्गनहरुको पहिचान गरी पक्राउ गरेको हो ।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले राजविराज–६ का सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योतीकुमारी मण्डल, राजविराज–४ का समिम अन्सारी र रुपनी गाउँपालिका–४ का लालमहमद राइनलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीले रिचार्ज कार्ड र नगद गरी ४ लाख ९ हजार ३ सय ४५ रुपैयाँ बरामद गरेको धमलाले जनाए ।

लकडाउन र निषेधाज्ञाका बीच सप्तरी सदरमुकाम राजविराज र ग्रामिण क्षेत्रहरुमा चोरीका घटना पछिल्लो समय बढदै गएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]