१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

चोरीको आरोपमा एक महिलासहित चार जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,२३ भदौ।चोरी गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगररपालिका–७ गुदरीलाइनमास्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा भदौ २१ गते राति चोरी गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो ।

उक्त किराना पसलमा भदौ २२ गते बिहान खोलेर हेर्दा १ लाख ५० हजार रुपैयाँ बराबरका रिचार्ज कार्ड र नगद गरी ४ लाख रुपैयाँ चोरी भएको सूचना आएपछि अनुसन्धानमा जुटेको प्रहरीले पसलमा जडान रहेको सीसीटिभी फुटेजका आधारमा चोरीमा संल्गनहरुको पहिचान गरी पक्राउ गरेको हो ।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले राजविराज–६ का सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योतीकुमारी मण्डल, राजविराज–४ का समिम अन्सारी र रुपनी गाउँपालिका–४ का लालमहमद राइनलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीले रिचार्ज कार्ड र नगद गरी ४ लाख ९ हजार ३ सय ४५ रुपैयाँ बरामद गरेको धमलाले जनाए ।

लकडाउन र निषेधाज्ञाका बीच सप्तरी सदरमुकाम राजविराज र ग्रामिण क्षेत्रहरुमा चोरीका घटना पछिल्लो समय बढदै गएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]