२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

सन्तानप्रति आमाको स्नेह झल्काउने जितिया पर्वको मुख्यमन्त्री राउतले दिए शुभकामना

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२४ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज जितिया पर्वका व्रतालु महिलाप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना प्रकट गर्नुभएको छ ।

मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ–आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरेर पर्व मनाउने गर्छन् ।

आजबाट विधिवतरूपमा शुरु भई शुक्रबार बिहान यो पर्व सम्पन्न हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]