३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

रौतहटका स्थानीय तह प्राविधिक र कनिष्ठ कर्मचारीको जिम्मामा

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

न्यूजमधेश डेस्क
गौर ,२४ भदौ । प्रदेश २ का रौतहट जिल्लामा अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन्। प्रशासनभन्दा बाहिरका तथा कनिष्ठ कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्।

पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै कार्यालय प्रमुख बनाउने प्रवृत्ति बढेपछि यस्तो समस्या देखिएको हो। रौतहटको गरुडा नगरपालिकामा इञ्जिनियर मोहम्मद मुस्ताक आलम, बृन्दावन नगरपालिकामा इञ्जिनियर नागेन्द्र यादव, राजदेवी नगरपालिकामा इञ्जिनियर सञ्जय पाण्डे निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्।

यसैगरी, कटहरिया नगरपालिकामा लेखा अधिकृत रामप्रकाश साह, गुजरा नगरपालिकामा स्वास्थ्यका नन्देरश्वर चौधरी, फतुवाविजयपुर नगरपालिकामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्तालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ।

बौद्धिमाई नगरपालिकामा स्थानीय तहका रामईश्वर राय, राजपुर नगरपालिकामा स्थानीय तहका बैजु ठाकुर, देवाहीगोनाही नगरपालिका राजदेव राम तथा दुर्गाभगवती गाउँपालिका जगतकुमार साह निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्।

दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा मौलापुर, गौर, ईशनाथ र माधवनारायण नगरपालिका गरी चार पालिकामा मात्र प्रशासनतर्फका अधिकृत कार्यालय प्रमुख छन्।

जिल्लामा विभिन्न पालिकाको कार्यालय प्रमुखमा स्वास्थ्य, इञ्जिनियरिङ तथा स्थानीय तहको अन्य क्षेत्रका कर्मचारीले जिम्मेवारी पाउँदा सम्बन्धित क्षेत्रको कार्यसम्पादन कमजोर हुँदै गएको भनी आलोचना हुन थालेको छ।

यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपुरमा स्वास्थ्यतर्फका जनस्वास्थ्य अधिकृत रवीन्द्रकुमार झा र गरुडामा शाखा अधिकृत सिकिन्द्र साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको छ। मन्त्रालयले पठाएको कार्यालय प्रमुखलाई कतिपय पालिकाले हाजिरी नगराई फिर्ता पठाउने गरेका छन्।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुनुपर्नेमा रौतहटका केही नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नायब सुब्बाले जिम्मेवारी पाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]