१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

बुहारीलाई हातेकल

Logo
प्रकाशित बिहिबार, भाद्र २५, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,२५ भदौ । बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका ६ बुहारीले आयआर्जनका लागि सिलाइकटाइ यन्त्र प्राप्त गरेका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका बेला व्यवसाय शुरुात गर्न माग गरिएबमोजिम सो यन्त्र दिइएको राजविराज नगरपालिका– ७ की आशादेवी रामले बताउनुभयो ।

सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत आयआर्जनका लागि व्यवसाय शुरुआत गराउने उद्देश्यले राजविराज – ६ का चार तथा बोदे बर्साइन नगरपालिका– ५ र तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका एक परिवारलाई हातेकलका पूरै सामग्री प्रदान गरिएको राजविराज –७ की रेणुकुमारी रामले बताउनुभयो ।

आयआर्जन क्रियाकलाप र आर्थिक रुपान्तरणसम्बन्धी ११ हप्ते तालीममा सहभागी परिवारका बुहारीहरुको नेतृत्वमा व्यवसाय शुरुआत गर्न लागिएको जानकारी दिँदै समग्र उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले अन्य बुहारीलाई पनि माग भएअनुसारको व्यवसाय शुरुआत गर्न क्रमशः बीउपूँजी प्रदान गरिने बताउनुभयो ।

युके एडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल एलर्टको साझेदारीमा बीउपूँजी प्रदान गर्न लागिएको जनाइएको छ । प्रदेश नं २ का पाँच जिल्लामा सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत कार्यक्रम सञ्चालित छन् । सञ्चालित कार्यक्रममा २० परिवार सहभागी छन् ।

परिवारका सासूससुरा तथा छोरा–बुहारीले ११ हप्ते तालीम लिएपछि परिवारभित्र लैङ्गिक विभेद कम हुनाका साथै आयआर्जनका लागि सबै सदस्य योगदान गर्न तत्पर बनेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेम यादवले बताउनुभयो ।

सीमान्तकृत समुदायका परिवारमा सचेतना अभिवृद्धिसँगै आर्थिक सशक्तीकरणपछि जीवन सम्मानित बन्ने सहज परियोजना जीविकोपार्जन सल्लाहकार रामनाथ साहले विश्वास व्यक्त गर्नुभयो । भिएसओका लैङ्गिकविज्ञ सुनिलकुमार साहले लैङ्गिक रुपान्तरण अभियानअन्तर्गत आर्थिक सशक्तीकरण तथा आयआर्जनसम्बन्धी अभियान सञ्चालनले सीमान्तकृत परिवारको जीवनमा परिवर्तन आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]