२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

बलात्कार घटनाको आरोपित बचाउन राजनीतिक चलखेल

Logo
प्रकाशित शुक्रबार, भाद्र २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२६ भदौ ।बलात्कार जस्तो अपराधका घटनामा पनि आरोपितलाई बचाउन राजनीनिक चेलखेल हुनु नै आफैमा घिनौना हरकत हुन । यसले पनि स्पष्ट हुन्छ हाम्रो समाजको दिशा निर्देश कता निर जादैछ । त्यसमा पनि पुन एक दलित बालिकालाई बलात्कार भएको घटना हुन ।

गत भाद्र १५ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा एक १४ वर्षीय दलित बालिकाको बलात्कारको मुद्दामा स्थानीय विभिन्न राजनैतिक दलको नेताहरु पिडितको विपक्षमा देखिएको पीडित पक्षको आरोप छ । स्थानीय नेता तथा प्रहरीले पिडित बालिका तथा उनको आमालाइ जबरदस्ती धम्क्याउने बयान दिन लगाउने आरोप पिडितको आमाले लगाएका छन् । पिडित बालिकाको जनकपुर अंचल अस्पतालमा स्वास्थ्य परिक्षण् गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थकुमार कार्कीले बताए ।

उक्त बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेका हुन । तर एक जनालाई सोधपुछ गरि रिहा गरिसकेको छ । पिडितले दिन खोजेको किटानी जाहेरि पनि दर्ता गर्न आनाकानी गर्दै आइरहेको पीडित पक्षले बताएका छन । पिडितलाइ बयानको लागि भनेर प्रहरी कार्यालयमा लगि जाहेरी तथा बयान बदल्न दवाव दिइ रहेको भनि पिडितको आमाको भनाई छ ।

चारनाथ नदि किनारा बाख्रा चराउंदै गर्दा सोहि ठाउँमा बस्ने लक्ष्मेश्वर मंडलले के गरेको, तिमि एक्लै हो आदि इत्यादि भनेर सोधखोज गरेको एक छिनमै पछाडीबाट आएका दुइ जना मास्क लागाएको युवाहरुले आखाँ र मुख बाँधी बलात्कार गरेको थियो ।

घटनमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय ढल्केवरले लक्ष्मेश्वर कुमार मंडल, संतोष कुमार यादव र शिवशंकर कुमार शाहलाई पक्राउ गरि हिरासतमा राखेको छ । दलित बालिकामाथि बलात्कार जस्तो गम्भीर अपराध भएकोले मुर्दा गरि अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक कार्कीले बताए । पिडित परिवारले नै हालसम्म किटानी जाहेरी दिएको छ्रैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]