०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

भारत हिँडेका ५४ को उद्धार

Logo
प्रकाशित मंगलबार, भाद्र ३०, २०७७

न्यूजमधेश सम्बादाता
बाँके ,३० भदौ । बाँकेको खडैचाबाट हिजो मध्यराति भारत जान खोज्न ५४ जनालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने पाँच महिलासहित ५४ जनालाई जिल्लाको डुडुवा गाउँपालिकाको खडैचाबाट उद्धार गरेको हो ।

भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताउने उनीहरु ठेकेदारलाई भारत पठाएवापत प्रतिव्यक्ति रु छ हजार भारतीय रुपैयाँसमेत दिनुपर्ने शर्तमा अवैध नाका प्रयोग गरेर जान लागेकाले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिनुभयो ।

“रुकुम, रोल्पा, बाँके, दाङ्ग, बर्दियालगायतका जिल्लाका उनीहरु कामका लागि भारत जान लागेको अवस्थामा उद्धार गरिएको हो”, उहाँले भन्नुभयो ।

अवैध बाटाबाट सोझा नागरिकलाई भारत लैजाने दुई जनालाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

बाँके प्रहरीले नियन्त्रणमा लिएका दुईमध्ये अमर गन्र्धव गाडी चालक भएको र सेराज अहमद राई नेपालगञ्जबाट अवैध बाटो हुँदै भारत प्रवेश गराउने कार्यमा संलग्न रहेको बाँके प्रहरी प्रमुख रानाले बताउनुभयो । कोभिड–१९ को महामारीको कारण सीमा बन्द भएका कारण उनीहरुलाई अवैध बाटो प्रयोग गरी भारत लैजान लागिएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]