३० फाल्गुण २०८१, शनिबार
15-03-2025 , Sat
×

जनकपुर आइपुग्यो रेल, सरकारलाई हस्तान्तरण हुँदै

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ असोज । एउटा इन्जिन र चार बोगीसहितको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ ।

बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको रेल आज दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा नै यो पहिलो हो ।

जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि भारतको सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुई सेट रेल सो कम्पनीले अबको केही बेरमै नेपाल सरकारलाई हस्तान्तरण गर्ने रेल विभागका माहानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । जनकपुरको पुरानो रेल्वे स्टेशनमा रेल हस्तान्तरणका लागि एक कार्यक्रमको आयोजना गरिएको छ ।

बहुप्रतिक्षित रेल जनकपुर आइपुगेपछि हेर्नका लागि स्थानीयवासीको व्यापक घुँइचो लागेको छ । नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल भारतको पटनास्थित हाजीपुर स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो । रेल विभागले २०१९ को मे महिनामा रु ८४ करोड ६५ लाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । इन्जिनसहित ६ वटा बोगीमा एकपटकमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रु यात्रा गर्नसक्ने र प्रति बोगीको सिट क्षमता ७५ रहेको बताइएको छ । यसअघि नेपालमा कोइला इन्जिन भएकोे रेल चल्ने गरेको थियो जुन विगत ६ वर्षदेखि बन्द अवस्थामा छ । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्कने बिजुलीबाट चल्छ ।

महानिर्देशक मिश्रका अनुसार सबै तयारी समयमै पूरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिन्छ । सरकारले २०७५ को पुसबाट जनकपुर–जयनगर रेल चलाउने घोषणा गरेको थियो । अहिले जनकपुर–जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा दुरुस्त अवस्थामा छैन । २०७५ मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको विभागले जनाएको छ । कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट ब्रोडगेज लिक निर्माणको काम शुरुवात भएको थियो । ३५ किलोमिटरको रेलमार्गमा ब्रोडगेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेशनहरु तयार नै छन् । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि निर्माण गरेको छ ।

सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसका लागि १२९ कर्मचारी भर्ना गरिँदैछ । कर्मचारी भर्नाका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी विज्ञापन समेत निकालेको छ । रेल्वे विभागले तीन दिन अगाडि मात्रै एक सय २९ कर्मचारी राख्न दरखास्त माग गरिसकेको छ । कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ ।

यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ । अप्राविधिक कर्मचारी नेपाल कै रहन्छ । कम्पनीमा अहिले रेल्वे इन्जिनीयरसहित मेकानिकल इन्जिनीयर, चालक, स्टेशन म्यानेजर, टिकट काट्ने र जाँच्नेलगायत कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जनाएको छ ।

भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माण गरिएको छ । यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गत असोज २६ गते मालबाहक रेल गुडाएर परिक्षण गरिएको थियो । रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको थियो । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटर समेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]