२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सरकारी कार्यालय डुबानमा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

न्यूजमधेश सम्बादाता
चितवन, २ असोज । भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् ।

नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र डुबानमा परेका हुन् । झण्डै एक साता यता नियमित परेको वर्षातसँगै यहाँका अधिकांश सरकारी कार्यालय डुबानमा परेका छन् । कार्यालयमा सेवा लिन जाने सेवाग्राही र कर्मचारीले सडकमा नै जुत्ता खोलेर जानुपर्ने बाध्यता रहेको छ । डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी व्यवस्थापन वोर्ड, खानेपानी तथा सरसफाइ डिभिजन, शिक्षा विकास तथा समन्वय एकाइ, जिल्ला प्रहरी र कारागार लगायतका कार्यालय डुबानमा परेका हुन् ।

जिल्ला समन्वय समितिको मातहतमा रहेको गेष्ट हाउस चौर एक महिनाभन्दा बढी समयदेखि जलमग्न भएको छ । यी सबै कार्यालय भरतपुर महानगरपालिका–१० मा पर्दछ । वडाध्यक्ष अरुणपीडित भण्डारीले पानीको निकास नभएकाले कार्यालय डुबानमा परेको बताउनुभयो । आफूहरु निर्वाचित हुनुअघि नै जनप्रतिनिधिले नहर पुरेको उहाँको भनाइ छ ।

भण्डारीले वाईपास सडक र पूर्वपश्चिम राजमार्गमा ठूलो ढल बनाएर सोही ढलमा यस क्षेत्रको पानी मिसाउने गरी आफूले दीर्घकालीन योजना बनाएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले गेष्ट हाउस चौरलाई भने पुर्ने योजना आफ्नो रहेको जानकारी दिनुभयो । उहाँले भरतपुर क्षेत्रमा रहेका सरकारी कार्यालय डुबान नहुने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि नै नहरहरु मिचिएकाले पानीले निकास नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “वृहत छलफल गरेर दीर्घकालिन समाधानका लागि महानगरले काम गर्छ ।” तत्कालका लागि गर्नुपर्ने कामका लागि महानगर तयार रहेको उहाँको भनाइ छ । अधिक वर्षाका कारण पनि पानीले निकास नपाएको हो ।

नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत आउने नहर पूरै मासिएको छ । भरतपुरको वर्सेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । यसै क्षेत्रमा सरकारी कार्यालय रहेका छन् । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्ची सडक, भवन जस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुबानमा परेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]