१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

हत्या आरोपितद्वारा आत्मसमर्पण

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,७ असोज । ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताउनुभयो ।

हत्याको उजूरी परेको जानकारी पाएपछि परिवारका सदस्यसहित इन्सेक सप्तरीको कार्यालय आएका आरोपितलाई इन्सेक प्रतिनिधि पोखरेलले प्रहरी कार्यालयमा उपस्थित भएर मुद्दा लड्न दिएको सल्लाहबमोजिम हाजिर भएको रविका छोरा सरोजकुमारले बताउनुभयो ।

बल्थीका ८० वर्षीय सुविलाल यादवको हत्या आरोपमा रविविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत जेठ ११ गते उजूरी दर्ता भएको थियो । घरपरिवारका सदस्यबीच वैशाख २३ गते भइरहेको सामान्य विवादमा गाईवस्तु चराइरहेका आरोपितले आएर कुटपिट गर्दा सुविलाल घाइते भएको र सोही चोटका कारण मृत्यु भएको जनाउँदै मृतकका छोरा जागेश्वरले प्रहरीमा उजूरी दर्ता गराएका थिए ।

अभियुक्त रविलाई प्रहरीले बिहीबार जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]