२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

हत्या आरोपितद्वारा आत्मसमर्पण

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,७ असोज । ज्येष्ठ नागरिकको हत्या आरोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताउनुभयो ।

हत्याको उजूरी परेको जानकारी पाएपछि परिवारका सदस्यसहित इन्सेक सप्तरीको कार्यालय आएका आरोपितलाई इन्सेक प्रतिनिधि पोखरेलले प्रहरी कार्यालयमा उपस्थित भएर मुद्दा लड्न दिएको सल्लाहबमोजिम हाजिर भएको रविका छोरा सरोजकुमारले बताउनुभयो ।

बल्थीका ८० वर्षीय सुविलाल यादवको हत्या आरोपमा रविविरुद्ध जिल्ला प्रहरी कार्यालयमा गत जेठ ११ गते उजूरी दर्ता भएको थियो । घरपरिवारका सदस्यबीच वैशाख २३ गते भइरहेको सामान्य विवादमा गाईवस्तु चराइरहेका आरोपितले आएर कुटपिट गर्दा सुविलाल घाइते भएको र सोही चोटका कारण मृत्यु भएको जनाउँदै मृतकका छोरा जागेश्वरले प्रहरीमा उजूरी दर्ता गराएका थिए ।

अभियुक्त रविलाई प्रहरीले बिहीबार जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]