२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सातवटै प्रदेशमा प्रशिक्षण केन्द्र

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

न्यूजमधेश डेस्क
काठमाडौँ, १३ असोज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका क्षेत्रीय कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

मन्त्रालयका सहसचिव डा. गोपीकृष्ण खनालले क्षेत्रीय प्रशिक्षण केन्द्रका भवन लगायत अन्य संरचना र जिन्सी सामाग्री सम्वन्धित प्रदेशलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नंं १ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र झापा, प्रदेश नंं २ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र जनकपुर, वागमती प्रदेशलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र ललितपुर, गण्डकी प्रदेशलाई नगरविकास प्रशिक्षण केन्द्र वगर पोखरा, प्रदेश नं. ५ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र नेपालगञ्ज, कर्णाली प्रदेशलाई महिला विकास प्रशिक्षण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रदेशलाई ग्रामीण विकास प्रशिक्षण केन्द्र हस्तान्तरण गरिएको छ ।

गत फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीय प्रशिक्षण केन्द्रलाई सम्बन्धित प्रदेश र प्रदेश भित्रका स्थानीय तहको क्षमता विकासमा उपयोग गर्ने गरी सम्बन्धित प्रदेशमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

उहाँले हस्तान्तरित गरिएका केन्द्रबाट नै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम मार्फत प्रदेश तथा स्थानीय तहका जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

यसैगरी हस्तान्तरित कार्यालयबाट नै प्रदेश तथा प्रदेशभित्रका स्थानीय तहको सेवा प्रवाह तथा विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने गरी नियमित प्रशिक्षण तथा अनुसन्धानका काम सञ्चालन गरिने छ ।

सरकारले तत्कालिन स्थानीय निकायको प्रशासकीय तथा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले २०५० सालमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थापना गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]