२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

नदी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्धः मन्त्री सोनल

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ असोज। प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाढीबाट वर्षेनी ठूलो धनजनको क्षति पु¥याउँदै आएको बलान नदी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले कटान गरेको स्थलहरुको आज स्थलगत अध्ययन तथा निरीक्षणपछि आयोजित समारोहमा उहाँले बलान नदीबाट हुने कटान र डुबानको समस्या समाधानका प्रदेश सरकार स्रोतसाधनले भ्याएसम्म प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“प्रदेश सरकारले सक्ने जति तत्काल बजेट उपलब्ध गराएर नदी नियन्त्रण गर्छ” उहाँले भन्नुभयो, “प्रदेश सरकारले नसक्ने भए सङ्घीय सरकार र अन्य निकायलाई गुहारेर भएपनि नदी नियन्त्रण गरेरै छाड्छौं ।” बाढीबाट हुने कटान र डुवानबाट अब कुनै पनि बस्तीलाई जोखिममा पर्न नदिने उहाँको भनाइ छ ।

अध्ययन तथा निरीक्षण टोलीमा प्रतिनिधिसभा सदस्य रेणु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव र प्रदेशसभा सदस्य अभिषेक यादवलगायत हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]