२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ असोज । सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ५ मा ट्रयाक्टरले ठक्कर दिँदा आज साँझ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बोदे बसाईन नगरपालिका–७ हैठीका २३ वर्षीय सुजितकुमार यादव रहेको प्रहरी कार्यालय बोदे बसाईनले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स१त ४६९३ नम्बरको ट्रयाक्टरले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बसाईनका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका धर्मेन्द्रकुमार यादव गम्भीर घाइते भएको र उहाँलाई उपचारका लागि बिराटनगरतर्फ पठाएको छ । घटनापछि चालक ट्रयाक्टर छाडेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]