२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

विदेह नगरपालिका ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१९ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले विदेह नगरपालिका वडा नम्बर ५ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

सोमबार मुरिबामा सम्पन्न अधिवेशनबाट रामकुमार मण्डलको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेका छन् ।वडा समितिको उपाध्यक्षमा सुनिता देवी मण्डल ,रामदयाल मुखिया ,सचिवमा अमर कुमार मण्डल ,सह सचिवमा प्रदिप कुमार मण्डल ,कोषाध्यक्षमा अजय कुमार मण्डललाई सर्वसहमतिले चयन गरेको छ ।

त्यस्तै सदस्यमा रेखा कुमारी मण्डल ,दिपिका देवी मण्डल ,तोला देवी मुखिया , ज्ञानेन्द्र कुमार दास र घुरन ठाकुर हजाम रहेको छ ।

सो अधिवेशनको प्रमुख अतिथिमा जनमत पार्टी धनुषा ईन्चार अनिता साह,विशिष्ट अतिथि जनमत पार्टीका केन्द्रीय सदस्य ईन्द्रजित यादव ,अतिथि पार्टीका जिल्ला संयोजक दिपनारायण यादव ,पार्टीका धनुषा क्षेत्र नम्बर २ का संयोजक उपेन्द्र रोहिता ,वरिष्ठ नेतृत्व मण्डलीका केन्द्रीय सदस्य सुमन बाबा ,विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य नबिन पण्डित , पार्टीका नगर संयोजक धिरज मण्डलको उपस्थितिमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट चयन भएका सम्पूर्ण पदाधिकारीहरुलाई जनमत पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादवले प्रमाण पत्र वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]