१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कृषि ज्ञान केन्द्रको ७८ प्रतिशत रकम फ्रीज

Logo
प्रकाशित बिहिबार, आश्विन २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ असोज । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ ।

गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन नसकेको हो ।

प्रदेश सरकारले भदौ महिनामा कार्यक्रम तथा अनुदान शिर्षकमा रु नौ करोड ५९ लाख ३२ हजार, प्रशासनिक तलब तथा ब्याज अनुदानमा रु आठ करोड ५७ लाख ४३ हजार, सवारी साधन, मेशिनरी तथा फर्निचर खरिदमा रु एक करोड ४७ लाख, मेशिनरी तथा औजार खरिदमा रु ५२ लाख ७० हजार र सार्वजनिक समृद्धी कार्यक्रममा रु २५ लाख पठाइएको भए पनि सवारी साधन खरिदमा रु ५५ लाख ३५ हजार र कृषकको ब्याज अनुदानमा रु चार करोड मात्र खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले समयमा कार्यविधि नठाएका कारण कार्यक्रम सञ्चालन हुन नसक्दा विनियोजित बजेटको २२ प्रतिशत रकम मात्र खर्च भएको कृषि ज्ञानकेन्द्रका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । उहाँले मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ हुने गरेका कारण विनियोजित बजेटको ठूलो हिस्सा प्रत्येक वर्ष फ्रीज हुने गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]