२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

कृषि ज्ञान केन्द्रको ७८ प्रतिशत रकम फ्रीज

Logo
प्रकाशित बिहिबार, आश्विन २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ असोज । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ ।

गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन नसकेको हो ।

प्रदेश सरकारले भदौ महिनामा कार्यक्रम तथा अनुदान शिर्षकमा रु नौ करोड ५९ लाख ३२ हजार, प्रशासनिक तलब तथा ब्याज अनुदानमा रु आठ करोड ५७ लाख ४३ हजार, सवारी साधन, मेशिनरी तथा फर्निचर खरिदमा रु एक करोड ४७ लाख, मेशिनरी तथा औजार खरिदमा रु ५२ लाख ७० हजार र सार्वजनिक समृद्धी कार्यक्रममा रु २५ लाख पठाइएको भए पनि सवारी साधन खरिदमा रु ५५ लाख ३५ हजार र कृषकको ब्याज अनुदानमा रु चार करोड मात्र खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले समयमा कार्यविधि नठाएका कारण कार्यक्रम सञ्चालन हुन नसक्दा विनियोजित बजेटको २२ प्रतिशत रकम मात्र खर्च भएको कृषि ज्ञानकेन्द्रका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । उहाँले मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ हुने गरेका कारण विनियोजित बजेटको ठूलो हिस्सा प्रत्येक वर्ष फ्रीज हुने गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]